• गृहपृष्ठ
  • फोर्ड नेपालले सशक्त २०२२ संस्करणको फोर्ड एभरेष्टको बुकिङ्ग खुल्ला

फोर्ड नेपालले सशक्त २०२२ संस्करणको फोर्ड एभरेष्टको बुकिङ्ग खुल्ला

Oct 3rd, 2021

काठमाडौ, असोज १७

फोर्ड नेपालले प्रिमियम एसयूभी सेग्मेन्टमा उद्देश्यमा आधारीत क्षमताहरु भएकोे फोर्ड एभरेष्टको बुकिङ्ग खुल्ला गरेको छ । नेपालको लागिफोर्ड गाडीको आधिकारिक विक्रेता जि.ओ. अटोमोवाइल्स प्रा.लि. ले २.० लि. वाई– टर्वाे डिजेल इन्जिनर विश्वमै पहिलो १० स्पीड अटोकेटिक ट्रान्समिसन भएको फोर्ड एभरेष्ट कोआज घोषणा गरेको हो । यसको शुरुवाती नेपालीमूल्य रु. १.९९ करोड रहेको छ । अफ–रोडका उत्कृष्ट प्रदर्शन गर्न सक्ने यस गाडीको सर्भिसिङ्ग मूल्य अत्यन्तै किफायती रहेको छ भने यसमा रहेको विषेश सुविधाहरुले नेपालको प्रिमियम एसयूभी बजारमा २०२२ फोर्ड एभरेष्टले एक नयाँ वेन्चमार्क बनाउने छ ।

विश्वबजार र एसिया क्षेत्रमा फोर्ड एभरेष्ट एकदमै लोकप्रिय एसयूभीहो । पहिलो पटक २००३ मा बजारमा आएको फोर्ड एभरेष्टको अहिलेको दोस्रो संस्करणको मोडल २०१५ देखि बजारमा उपलब्ध भएको थियो । परिवारसँगको यात्रा फोर्ड एभरेष्टले एकदमै आरामदायी बनाउँछ । ठूलो गाडी भएपनि एभरेष्ट चलाउन एकदमै सजिलो छ जसमा भएको लाइट स्टेरिङ्गले पाकिङ्ग गर्दा पनि सहज महसुस गराउँछ । यस बाहेक, इन्जिनमा भएको पर्याप्त टर्कको मद्दतले आवश्यक आक्सिलेरेसन पनि सजिलै बढाउन मिल्छ । यस्ता आकर्षक फिचरहरुले फोर्ड एभरेष्ट गाडीलाई ड्राइभिङ्ग गतिशीलतामा विषेश बनाउँछ ।

जि.ओ. अटोमोवाइल्स का प्रबन्धनिर्देशक आकाश गोल्छा भन्नुहुन्छ, “फोर्ड एभरेष्ट को साथ हामी प्रयोगकर्ताहरुलाई उत्कृष्ट क्षमता र क्लास लिडिङ्ग फीचर्स दुबैको उत्कृष्ट संगम भएको आकर्षक एसयूभी उपलब्ध गराउँदै छौं । एभरेष्टमा भएको इनह्यान्स भ्यालु प्रोपोजिसनका कारण यो एसयूभी गाडी नयाँ ग्राहकहरुको पहिलो रोजाइ बन्नेछ भन्ने माहामीलाई पूर्ण विश्वास छ ।”

असाधारण एसयूभी
हरेक कुरामाउत्कृष्ट
फोर्ड एभरेष्ट मा सुन्दर अल न्यू कन्टेम्पोरेरी स्क्वायर डिजाइन ल्याम्प क्लस्टर डिजाइनको अल–एलइडी हेड ल्याम्पस् छ । एलइडी हेड ल्याम्पस्ले रातीको समयमा विशेष लो र हाई–ब मि दुबैमा २० प्रतिसत धेरै प्रकाश दिन्छ ।यसका साथै, फोर्ड एभरेष्ट ले आकर्षक डिजाइन, अफरोडमा बेजोड क्षमता, उत्कृष्ट सुरक्षा र बेजोड सुविधा दिन्छ, जसको लागि :
इनत्युटिभ कन्ट्रोलःतपाईंलाई ध्यानमा राखेर डिजाइन गरिएको प्रविधि
सजिलै ह्यान्ड्स फ्रि कलगर्न सकिने । बदलिरहने ट्राफिकको अवस्थामा कन्ट्रोलमा गाडी चलाउन सकिने । तपाईंलाई जे गर्न मन छ,एभरेष्टको इनत्युटिभ टेक्नोलाजी तपाईंलाई सहयोग गर्न तयार छ ।
पावरफुलक्षमताः तपाईंलाई धेरै टाढासम्म लान सक्ने क्षमता
फोर्ड एभरेष्ट को आधुनिक २.० लि. वाई –टर्बो डिजेल इन्जिन ले इन्धनको क्षमतामाकुनै अवरोध नगरी २१३ पीएस कोपावरर ५०० एनएमसम्मको टर्क दिन्छ ।
पर्पोज ब्युल्ट अफ–रोड क्यापाविलिटी स् जस्तो सुकै साहसिक यात्राको लागि पनि सक्षम एसयूभी
चुनौतीपूर्ण र अफ्ठ्यारो बाटोहरुको लागि डिजाइन गरिएको नयाँ एभरेष्ट गाडी सशक्त तयार छ । बाटोको अन्त्यमा के छ थाहा पाउन सकिन्छ । क्षमतावान् एभरेष्टले तपाईंलाई जस्तोसुकै बाटोमा पनि गाडी चलाउन सकिने विश्वास दिन्छ ।
क्लेभर कन्फोर्ट तपाईं संसारको खोजीमा रहेको अवस्थामा आरामदायी यात्रा
आकर्षक लेदर अपहल्स टर्ड सीट्स,प्रिमियम इन्टेरियर्स, डुअल क्लाइमेट कन्ट्रोल, र डुअल प्यानल सनरुफले एभरेष्टसँगको हरेक यात्रामा आनन्द दिन्छ ।