• गृहपृष्ठ
  • महामारीबीच सामान्य जीवनमा फर्कन उत्प्रेरित गर्ने प्रतियोगिता

महामारीबीच सामान्य जीवनमा फर्कन उत्प्रेरित गर्ने प्रतियोगिता

Oct 3rd, 2021

काठमाडौ, असोज १७

होटल व्यवस्थापन अध्ययनरत छात्रछात्राको प्रतिभा प्रस्फुटन र प्रोत्साहनका लागि काठमाडौंको मण्डिखाटारस्थित ग्लोबल कलेज अफ टुरिज्म एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)ले आयोजना गर्दै आएको मिस्टर एन्ड मिस गेट–२०२१ हालै सम्पन्न भएको छ ।विश्वव्यापी कोभिड–१९ महामारीपछि होटल व्यवस्थापन तथा आतिथ्य सत्कारका विद्यार्थीहरूले महामारीबाट सिकेको पाठसँग जुझ्दै सामान्य जीवनमा फर्कन अभ्यस्त गराउने मूल उद्देश्यसहित सो प्रतियोगिता आयोजना गरिएको गेट कलेजले जानकारी दिएको छ ।

“हामी सँधै महामारी भनेर पनि बसेर हुँदैन । महामारीले हामीलाई धेरै कुरा सिकाएको छ, अब हामी महामारीसँग अभ्यस्त हुँदै त्यससँग जुझ्दै पुनः सामान्य जीवनमा फर्कनु पर्नेछ, जसलाई न्यू नर्मल भनिएको छ,” गेट कलेजका संस्थापक/ प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले भन्नुभयो,“महामारीले हामीलाई सिकाएको सबैभन्दा ठूलो कुरा स्वास्थ्य र सरसफाइ (हेल्थ एन्ड हाइजिन) को कुरा हो, जुन पर्यटन उद्योगका लागि सबैभन्दा अपरिहार्य नै हो ।” कोभिड–१९ महामारीले नेपालसहित विश्वकै पर्यटन उद्योगमा नराम्रोसँग प्रहार गरेको सन्दर्भ उल्लेख गर्दै उहाँले नेपाली पर्यटन क्षेत्रको मौलिक विशेषतालाई अब स्वास्थ्य र सरसफाइसँग जोडेर लगे यसले छिट्टै पुनर्जीवन पाउने धारणा व्यक्त गर्नुभयो ।
“होटल व्यवस्थापन र आतिथ्य सत्कारका विद्यार्थीहरूले सिक्ने भनेको होटल र पर्यटन क्षेत्रका सत्कारका विभिन्न पाटोमात्र होइन। हेल्थ एन्ड हाइजिनलाई पर्यटनसँग नजोड्ने हो भने नेपालको मात्र होइन, विश्वको कुनै पनि देशको पर्यटन ब्युँतन सक्दैन,” लकाईंले थप्नु भयो ।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई कोभिड–१९ महामारीबाट सिकेको पाठ र त्यसलाई आर्थिक सत्कार क्षेत्रमा अब कसरी समावेश गरेर पर्यटकीय गतिविधिलाई यथास्थितिमा फर्काउन सकिन्छ भन्ने प्रश्न गरिएको थियो । प्रतियोगिताका सहभागीहरूले तोकिएका स्वास्थ्य मापदण्ड र स्वास्थ्य तथा सरसफाइका निर्देशिकाको अधिकतम पालना गर्दै अतिथिका लागि स्वस्थ्यकर सेवा दिन सकिने धारणा राखेका थिए ।प्रतियोगितामा विशाल विष्टले मिस्टर गेट–२०२१ र खुस्बु गिरीले मिस गेट–२०२१ को उपाधि जिते भने जिया शाहीले गेट पर्सनालिटीसहित सोसल मिडिया पर्सनालिटी र विधान थापाले गेट ट्यालेन्ट उपाधि जितेका थिए ।