• गृहपृष्ठ
  • प्रकाशले आँचललाई दिए गुलाफको फूल(भिडियो सहित)

प्रकाशले आँचललाई दिए गुलाफको फूल(भिडियो सहित)

Oct 2nd, 2021

काठमाडौ, असोज १६

करिव ५ महिना अघि ’निलो कुर्ताले’ बोलको गीत सार्वजनिक गरेर चर्चा कमाउन सफल गायक लोक पौडेल र गायिका मेलिना राई फेरी एकसाथ नयाँ म्युजिक भिडियो ’बेरुवाको औंठी’ लिएर आएकाछन् ।

यस गीतमा चर्चित संगीतकार दिपक शर्माको शब्द, संगीत रहेको छ । नरेन्द्र वियोगीले गीतलाई संगीत संयोजन गरेका हुन् । अनिल के मानन्धरले छायांकन गरेको भिडियोमा गायक प्रकाश सपुत र नायिका आँचल शर्मा मुख्य भूमिकामा फिचर्डछन् । भिडियोमा रुजु शर्मा र अनिल आचार्यको समेत भिडियोमा अभिनय रहेको छ ।

भिडियोमा पुजा दर्नाल र उज्ज्वल गज्मेलको कोरियोग्राफी रहेको छ । बिष्णु खड्काको सम्पादन रहेको भिडियोलाई राज खड्काको निर्देशनमा तयार पारिएको हो । मिरा मोशन पिक्चर्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।