• गृहपृष्ठ
  • पशुपतिको बाबालाई छुरी हान्ने व्यक्ति पक्राउ

पशुपतिको बाबालाई छुरी हान्ने व्यक्ति पक्राउ

Oct 1st, 2021

काठमाडौ, असोज १५

पशुपतिको बाबालाई छुरी हानि फरार रहेका व्यक्ति पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार छुरी हान्ने कार्यमा संलग्न रहेको अभियोगमा चितवनको जगतपुर नयाँवस्ती वडा नम्वर ५ घर भएका ३७ बर्षिय तारा बहादुर लामिछानेलाई आज शुुक्रबार पक्राउ गरिएको हो ।

पक्राउ परेका लामिछानेको साथबाट घटनामा प्रयोग भएको खुकुरी र झोला समेत बरामद भएको छ । यही असोज ११ गते बिहान ५ः४५ वजेको समयमा काठमाडौ महानगरपालिका वडा नं ८ पशुपतीस्थित विश्वरुपा जाने बाटोको छेउको झाडीमा पशुपतिमा वस्ने सन्तोष भन्ने बाबालाई खुकुरी प्रहार गरी फरार रहेका व्यक्तिलाई खोजतलास गर्दा आज शनिबार हेपालीहाईटवाट पक्राउ गरिएको परिसरले जनाएको छ ।