• गृहपृष्ठ
  • अन्तिम कारोवार दिन पनि ३२ अंकले घट्यो नेप्से

अन्तिम कारोवार दिन पनि ३२ अंकले घट्यो नेप्से

Sep 30th, 2021

काठमाडौ, असोज १४

नेप्से आज बिहिबार पनि घटेको छ । नेप्से आज ३२ दसमलव ५१ अंकले घटेर २६ सय ३३ दसमलव ४२ अंकमा झरेकोमा सेन्सिटिभ छ दसमलव ४१ अंकले घटेर चार सय ९७ दसमलव पाँच अंकमा झरेको छ । नेप्सेमा आज दुुई सय २५ वटा कम्पनीहरुको ४९ हजार आठ सय ३५ पटकको कारोवारमा ७३ लाख २१ हजार १४ कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम तीन अर्ब ७० करोड २९ हजार पाँच सय सात रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा तीन वटा समुहको सुचक बढेर १० वटा समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २० दसमलव छ अंकले घटेर १८ सय ६९ दसमलव ४० अंकमा झर्दा जलबिद्युुत समुहको सुचक पनि ८२ दसमलव ५१ अंकले घटेर २८ सय १८ दसमलव ६४ अंकमा झरेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुुबित्त र लगानी समुहरुको सुचक पनि घटेकाछन । टे«डिङ, अन्य र सामुुहिक लगानी कोष समुहरुको सुचक भने बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा मनकामना स्र्माट लघुुबित्त बित्तीय संस्था परेको छ भने गुमाउने कम्पनीहरुको सुचीमा गुडविल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा भने नेपाल बैंक परेको छ ।