एकै दिन ५० अंकले बढ्यो नेप्से

Sep 29th, 2021

काडमाडौ, असोज १३

नेप्से उच्च अंकले बढेको छ । अघिल्ला दिनहरुमा लगातार घटेको नेप्से आज बुधबार भने ५० दसमलव ५८ अंकले बढेर दुुई हजार छ सय ६५ दसमलव ९३ अंकमा पुग्दा सेन्सिटिभ पनि आठ दसमलव ५८ अंकले बढेर पाँच सय तीन दसमलव ४६ अंकमा चढेको छ । दुुई सय २९ वटा कम्पनीह्रुको ६३ हजार नौ सय १६ पटकको कारोवारमा ९८ लाख ९४ हजार चार सय ७८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुुल सेयर कारोवार रकम पाँच अर्ब दुुई करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा १३ वटै समुहको सुचक बढेको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २० दसमलव २९ अंकले बढेर १८ सय ९० अंकमा पुग्दा जलबिद्युुत समुहको सुचक पनि एक सय १७ दसमलव ३४ अंकले बढेर दुुई हजार नौ सय एक दसमलव १५ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि एक सय सात दसमलव ४७ अंकले बढेर दुई हजार तीन सय १२ दसमलव २५ अंकमा पुग्दा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादमुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा ग्रिन डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा मेगा बैंक परेको छ । यसैगरी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अपी पावर लिमिटेड परेको छ ।