• गृहपृष्ठ
  • अमेरिकाबाट दिनेशले ल्याए ‘रिसाउ न त रिसाउ’ (भिडियो)

अमेरिकाबाट दिनेशले ल्याए ‘रिसाउ न त रिसाउ’ (भिडियो)

Sep 29th, 2021

काठमाडौ, असोज १३

रिसाएकी प्रेमिकालाई फकाउन आउदैन ? अब प्रेमिका फकाउने नयाँ गीत बजारमा आएको छ । गायक प्रताप दासको स्वरमा समावेश ‘रिसाउ न त रिसाउ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेमिल शैलीको गीतमा शब्द रविन बिस्ट र कृष्ण कार्कीको रहेको छ । नविन कार्कीले संगीतवद्द गरेको यस गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका हुन् । अमेरिकामा छायांकन भएको भिडियोमा शैलेश घलेको छायांकन र बिष्णु खड्काको सम्पादन रहेको छ ।
म्युजिक भिडियोमा दिनेश खनाल र बिष्णु मिश्रलाई क्युट कपलको रुपमा प्रस्तुत गरिएको छ । बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो । मोडल खनालको आधिकारिक च्यानल दनेश खनाल अफिसिएल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।