• गृहपृष्ठ
  • सडक समस्याका कारण कहिले सम्म सास्ती भोग्ने महालक्ष्मी नगरवासीले ?

सडक समस्याका कारण कहिले सम्म सास्ती भोग्ने महालक्ष्मी नगरवासीले ?

Sep 29th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, १३ असोज

ललितपुरको महा लक्ष्मीनगरपालिका वडा नं. ५ को चाङाथली कृष्ण मन्दिर हुँदै इमाडोल सम्म जाने सडका जीर्ण अवस्थमा भएको निक्कै वर्ष हुँदा पनि त्यस सडकमा निर्माण कुनै चासो देखिएको छैन । दैनिक यात्रा गर्ने यात्रुहरु आफ्नो ज्यान जाने होकी भनी सोच्न वाध्य हुनु परेको यात्रुहरु बताउँछन् । एक मोटर साइकल चालक भन्छन् म इमाडोल सम्म जाँदा सडकमा भएको पानीमा आधा मोटर साइकल डुब्छ बाटोमा भएको खाल्डा खुल्डीले गर्दा खुट्टा टेक्दा जुत्ता डुबेर आफ्नो काममा जान ढिलो भएको गुनासो गरे । यस विषयमा वडा नं. ५ का वडा अध्यक्ष राजकुमार शिल्वाल बताउँछन् यस पाली पानी धेरै परेकोले सडक निर्माणमा ढिलो भएको हो ।

महालक्ष्मी नगरपालिकाका योजना प्रमुख मनिष सुवेदी बताउछन् अन्सारी मेडिकल देखि ५ नंं. वडा कार्यालय सम्म पहिलो चरणमा कालो पत्रे गर्न महर्जन निर्माण सेवा कुमारी पाटी संग ६ करोड रकमा ठेक्का सम्झौता भएकोले छिट्टै सडक कालो पत्रे हुने र वडा भवन देखि गोदावरीखोला पुल सम्म भने स्थानीयको ढल व्यवस्थापनको माग राखी अवरोध गरेका कारण सडक निर्माण गर्न ढिलो भएको आधारभूमिलाई जानकारी गराए ।