• गृहपृष्ठ
  • ‘कस्तो त्यो वेदनाले’ को साथमा आए राज र अफ्रिता(भिडियो सहित)

‘कस्तो त्यो वेदनाले’ को साथमा आए राज र अफ्रिता(भिडियो सहित)

Sep 26th, 2021

काठमाडौ, असोज १०

नव गायिका अफ्रिता खड्गीले आफ्नो डेब्यु म्युजिक भिडियो ‘कस्तो त्यो वेदनाले’ सार्वजनिक गरेकी छिन् । भोइस अफ नेपाल सिजन ३ मार्फत उनि दर्शक स्रोता माझ परिचित छिन् ।,

यस गीतमा शब्द, संगीत हाल इजरायलमा रहेका गायक, गीतकार तथा संगीतकार राज लिम्बुको रहेको छ । गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । गीतमा बाल्यकालको साथी संगको प्रेम र मित्रतालाई स्मरण गरिएको छ । भिडियोमा स्वयम् गायिका खड्गी फिचर्ड छिन् भने बालकलाकार समृद्धि र सौरभको समेत अभिनय समावेश छ ।

कुलेखानी र ललितपुरमा छायांकन गरिएको भिडियोलाई इसाक जबेगुले छायांकन गरेका हुन् । सहायक छायाँकार धिरेन तुम्बापो लिम्बु रहेका छन् । भिडियोमा संजु थलाङको मेकअप रहेको छ । हाङ चेम्जोङको निर्देशनमा भिडियो तयार पारिएको हो ।

‘राज लिम्बु अफिसिएल’ मार्फत भिडियो सार्वजनिक भएको हो । साथै छिट्टै मेल भर्सनमा समेत सार्वजनिक हुने तयारी रहेको बताइएको छ । म्युजिक भिडियोले दर्शक स्रोता बाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।