नेप्सेमा ६१ अंकको पहिरो

Sep 26th, 2021

काठमाडौ, असोज १०

नेप्सेमा ६१ अंकको पहिरो गएको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ६१ दसमलव २७ अंकले घटेर २७ सय ५८ दसमलव ४८ अंकमा पुग्दा सेन्सिटिभ १० दसमलव सात अंकले घटेर पाँच सय १९ दसमलव ३६ अंकमा झरेको छ । दुुई सय ३३ वटा कम्पनीहरुको ७३ हजार छ सय ९३ पटकको कारोवारमा एक करोड ४४ लाख ९४ हजार दुई सय ६० कित्ता सेयर किनबेच भएको छ भने कुुल सेयर कारोवार रकम छ अर्ब ५० करोड एक लाख १७ हजार सात सय ८० रुपैयाँ पुुगेको छ ।

आज नेप्सेमा १३ वटा समुहको हुंदा आज सामुुहिक लगानी कोष समुहको सुचक बढेर बाँकी समुहको सुचक उच्च अंकले घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १८ दसमलव २९ अंकले घटेर १९ सय ४९ दसमलव ८३ अंकमा झर्दा जलबिद्युुत समुहको सुचक पनि एक सय ३५ दसमलव तीन अंकले घटेर तीन हजार तीन दसमलव ५१ अंकमा झरेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त र लगानी समुहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मनकामना स्र्माट लघुुबित्र बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीह्रुको सुचीमा घलेम्दी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।