• गृहपृष्ठ
  • अभिनेत्री एंव मोडल अनामिका चौलागाईं बनिन् गायिका

अभिनेत्री एंव मोडल अनामिका चौलागाईं बनिन् गायिका

Sep 24th, 2021

काठमाडौ, असोज ८

अभिनेत्री एंव मोडल अनामिका चौलागाईं अब गायिका भएकी छिन् । बिभिन्न चलचित्र सहित म्युजिक भिडियोकी मोडल अनामिका चौलागाईंले माया गर्ने मान्छेले कहिलेकाही रिसासउन नी पाँउछ, बोलको गीत बजारमा ल्याएकी हुन् ।

गीतको शब्द शान्तिप्रियको रहेको छ । गीतको संगीत राम सिटौलाले गरेका हुन् भने एरेञ्ज राजेन्द्र बजगाईंले गरेका हून् । गीतको भिडियो पनि तयार पारिएको छ । भिडियोमा गायिका अनामिका चौलागाईं नै फिचरिङ छिन् । श्रृंगार भने पवित्रा भट्टराईको रहको छ । भिडियो गोविन्द अञ्जानले छायांकन गरेका हुन् भने रंग संयोजन एवं सम्पादन बिनोद बमले गरेका हुन् ।

भिडियोमा क्यामरा असिस्टेनकोरुपमा राममणी ढकाल छन् भने प्रोडक्सन दीपक थापाले गरेका हुन् । भिडियोको निर्देशन गीतकार स्वयं शान्तिप्रियले गरेका छन् । छायांछवि क्रियशनले भिडियो निमार्ण गरेको हो । सीसी नेपाल युट्युब च्यानलबाट गीत रिलिज गरिएको छ ।