• गृहपृष्ठ
  • ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

६६ औं प्रहरी दिवस २०७८ को अवसरमा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

Sep 23rd, 2021

काठमाडौं, असोज ७

६६औं प्रहरी दिवस २०७८ को अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा बिहीबार आयोजित स्वास्थ्य परीक्षण कार्यक्रममा २ सय ३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।नेपाल प्रहरी अस्पताल महाराजगंजका प्रहरी उपरीक्षक डा. सुरज रानाको नेतृत्वमा १३ जना चिकित्सकको टोलीले उपत्यकास्थितका महिला प्रहरी कर्मचारीहरु, ट्राफिक प्रहरी कर्मचारीहरु र तिनका आश्रित बालबालिकाहरु समेत गरी २ बालक सहित १ सय ११ जना पुरुष र २ बालिका सहित ९२ जना महिला गरी जम्मा २ सय ३ जनाको स्वास्थ्य परीक्षण गरेको हो । साथै परीक्षणको आधारमा आवश्यक औषधि समेत वितरण गरिएको थियो ।

नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप र नेपाल प्रहरी अस्पताल महाराजगंजको संयुक्त आयोजनामा “महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, बालबालिका सम्बन्धी रोगहरु र ट्राफिक प्रहरी कर्मचारीहरुको छातीको रोग सम्बन्धी स्वास्थ्य परीक्षण कार्यक्रम” अन्तर्गत उक्त परीक्षण गरिएको हो ।कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष सिर्जना थापा लगायत संघका पदाधिकारीहरु, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई लगायतका प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।