• गृहपृष्ठ
  • दुई दसमलव सात अंकले बढ्यो नेप्से,कमाउने भन्दा गुमाउने समुह धेरै

दुई दसमलव सात अंकले बढ्यो नेप्से,कमाउने भन्दा गुमाउने समुह धेरै

Sep 23rd, 2021

काठमाडौं, असोज ७

नेप्से बढेको छ । नेप्से आज बिहिबार दुुई दसमलव सात अंकले बढेर २८ सय १९ दसमलव ६५ अंकमा पुग्दा सेन्सिटिभ एक दसमलव ९३ अंकले बढेर पाँच सय ३० दसमलव दुुई अंंकमा चढेको छ । आज दुुई सय २८ वटा कम्पनीहरुको ८७ हजार आठ सय १० पटकको कारोवारमा एक करोड ५७ लाख १४ हजार दुई सय ६६ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम सात अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा ११ वटा समुहको सुचक घटेर दुई वटा समुहको सुचक बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४७ दसमलव ३७ अंकले बढेर एक हजार नौ सय ६८ दसमलव १२ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि बढेको छ । बिकास बैंक समुहको सुचक भने ८० दसमलव ४४ अंकले घटेर पाँच हजार दुई सय २७ दसमलव ८६ अंकमा झरेकोमा जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा मनकामना स्र्माट लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने माउन्टेन हाईड्रो पावर कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने सानिमा बैंक परेको छ ।