• गृहपृष्ठ
  • गायक देब्स राई र गायिका कल्पना प्राङ्ग्देन राईको ‘केवल तिमी भित्रै’ सार्वजनिक

गायक देब्स राई र गायिका कल्पना प्राङ्ग्देन राईको ‘केवल तिमी भित्रै’ सार्वजनिक

Sep 23rd, 2021

काठमाडौ, असोज ७

मोडल कुन्साङ बोम्जन र टिकटक स्टार सिम्रन पन्त अभिनित ‘केवल तिमी भित्रै’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
रोमान्टिक भर्सनको यस गीतमा गायक देब्स राई र गायिका कल्पना प्राङ्ग्देन राईको स्वर रहेको छ । गीतमा शब्द पदम साधना कुलुङको रहेको छ । चन्द श्रेष्ठले संगीतवद्ध गरेको यस गीतलाई दिक्षित पौडेलले संगीत संयोजन गरेका हुन् ।

युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा भिडियोमा मनि के राईको कोरियोग्राफी रहेको छ भने विनोद विनिरजरा राईले भिडियोलाई छायांकन र सम्पादन गरेका हुन । चक्र पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो । ‘एसएसओजी अपिÞmसिएल’ युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।