नेप्सेमा एक सय चार अंकले बृद्धि

Sep 22nd, 2021

काठमाडौ, असोज ६

नेप्से बढेको छ । आज बुुधबार नेप्से एक सय चार दसमलव ८८ अंकले बढेर २८ सय १६ दसमलव ९५ अंकमा चढेकोमा सेन्सिटिभ पनि १९ दसमलव ४७ अंकले बढेर पाँच सय २८ दसमलव १० अंकमा चढेको छ । दुुई सय १७ वटा कम्पनीहरुको ७२ हजार सात सय १४ पटकको कारोवारमा एक करोड २१ लाख २२ हजार दुुई सय ९८ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम छ अर्ब १७ करोड ९३ लाख एक सय ५८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा सबै समुहको सुचक बढेर हरियो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ६० दसमलव ९२ अंकले बढेर एक हजार नौ सय २० दसमलव ७५ अंकमा पुग्दा जलबिद्युुत समुहको सुचक पनि एक सय ६९ दसमलव ४४ अंकले बढेर तीन हजार दुई सय १० दसमलव ४७ अंकमा पुुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा बेष्ट फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीह्रुको सुचीमा मञ्जुुश्री फाईनान्सको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोवारका आधारमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।