• गृहपृष्ठ
  • नेप्सेमा १४ अंकले बृद्धि , गुमाउने भन्दा कमाउने धेरै

नेप्सेमा १४ अंकले बृद्धि , गुमाउने भन्दा कमाउने धेरै

Sep 21st, 2021

काठमाडौ, असोज ५

नेप्से बढेको छ । आज मंगलबार नेप्से आज १३ दसमलव ८३ अंकले बढेर दुई हजार सात सय १२ दसमलव सात अंकमा पुग्दा सेन्सिटिभ दुुई दसमलव ३६ अंकले बढेर पाँच सय आठ दसमलव ६२ अंकमा पुगेको छ । आज दुुई सय २३ वटा कम्पनीहरुको ९५ हजार छ सय ४६ पटकको कारोवारमा एक करोड ५३ लाख छ हजार ६१ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम सात अर्ब ३६ करोड ४७ लाख ९८ हजार छ सय ५२ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा आज चार वटा समुहले गुमाएकाछन भने नौ वटा समुहले कमाएकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव ७४ अंकले बढेर एक हजार आठ सय ५९ दसमलव ८३ अंकमा चढेकोमा बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, अन्य, लघुुबित्त, र लगानी समुहहरुको सुचक पनि बढेकाछन । टे«डिङ समुहको सुचक भने आज ५० दसमलव २५ अंकले घटेर तीन हजार ६३ दसमलव ४९ अंकमा झरेकोमा फाईनान्स, उत्पादमुलक र सामुुहिक लगानी कोष समुहरुको सचुक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा मनकामना स्मार्ट लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।