• गृहपृष्ठ
  • संगीतकार शम्भुजित र नव गायक किशोरको नयाँ गीत ‘मेरी प्रेयसी’ (हेर्नुस् भिडियाे)

संगीतकार शम्भुजित र नव गायक किशोरको नयाँ गीत ‘मेरी प्रेयसी’ (हेर्नुस् भिडियाे)

Sep 21st, 2021

काठमाडौं, असोज ५

बरिष्ट संगीतकार शम्भुजित बास्कोटाको शब्द सँगीत र नव गायक किशोर पाण्डेको स्वरमा नयाँ गीत मेरी प्रेयसी…बजारमा आएको छ । यो गीतको भिडियो आईतबार बेलुका काठमाडौंमा एक समारोहबीच रिलिज गरिएको हो ।

यो गीतको भिडियो आकर्षक बनेको छ । भिडियोलाई पनि संगीतकार बास्कोटाले नै निर्देशन गरेका हुन् । गीतको भिडियोलाई शम्भुजित सेभेन नोट्स युट्युव च्यानलबाट रिलिज गरिएको हो
यो गीतको भिडियोमा अभिनेता दिवस उप्रेती र अभिनेत्री बेनिशा हमालको अभिनय रहेको छ । उनीहरुको अभिनय राम्रो छ । जसमा गायक पाण्डे पनि प्रस्तुत भएकाछन् । दुई वटा गीत आफ्नो स्वरमा रेकर्ड गराएका यी नवोदित गायकले अर्को गीत पनि चाँडै रिलिज गर्ने बताए । स्कुले जीवन देखिनै गीत गाउने शौख भए पनि ब्यबसायबाट अवकास लिँदै गरेको अहिलेको अबस्थामा बल्ल आफु गायनमा लागेको पाण्डेले भिडियो सार्वजनिक कार्यक्रममा बताए ।

किशोरको स्वर निकै मिठो भएकाले पर्यटन पेशाबाट फुर्सद निकालेर उनलाई गायनमा ल्याएको संगीतकार बास्कोटाले बिमोचन कार्यक्रममा बताए । गायनमा लाग्ने चाहना पहिलादेखि नै भए पनि अहिले किशोर पाण्डेलाई गायनमा ल्याउन पाउँदा आफुलाई खुसी लागेको पनि बास्कोटाले बताए । किशोर पाण्डे नेपालका कुशल पर्यटन व्यवसायी हुन् । उनी होटल, पर्यटन, अटोमोवाईल ब्यबसायमा स्थापित छन् ।