एकै दिन एक सय १४ अंकले घट्यो नेप्से

Sep 20th, 2021

काठमाडौ, असोज ४

नेप्से उच्च अंकले घटेको छ । आज सोमबार नेप्से एक सय १४ दसमलव दुई अंकले घटेर २६ सय ९८ दसमलव २५ अंकमा झर्दा सेन्सिटिभ पनि १९ दसमलव ५१ अंकले घटेर पाँच सय छ दसमलव २७ अंकमा पुुगेको छ । दुुई सय २५ वटा कम्पनीहरुको एक लाख सात हजार पाँच सय ९६ पटकको कारोवारमा एक करोड ७३ लाख ३० हजार पाँच सय ३८ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम आठ अर्ब ४९ करोड ३४ लाख एक हजार नौ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आच १३ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक घटेर नेप्से राताम्मै भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ५१ दसमलव ४४६ अंकले घटेर १८ सय ५६ दसमलव नौ अंकमा झर्दा जलबिद्युत समुहको सुचक पनि दुुई सय २० दसमलव २९ अंकले घटेर तीन हजार १८ दसमलव ६९ अंकमा झरेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा मनकामना स्मार्ट लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पोखरा फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।