कौशलको आवाजमा तिम्रो काखमा

Sep 20th, 2021

काठमाडौ, असोज ४

लामो समय देखि आधुनिक गीत गायन क्षेत्रमा सक्रिय रहँदै आएका गायक कौशलराज खड्काको आवाजमा रहेको ‘तिम्रो काखमा’ बोलको गीत सार्वजनिक भएको छ । मिडिया पिक्चर्स नेपालको व्यानरमा निर्माण भएको यस गीतको शब्द रिता भण्डारीको रहेको छ भने मोडल गणेश हमाल र गरिमा शर्माको अभिनय रहेको छ । त्यस्तै यस गीतमामनोज चौलागाइको संगीततथा एरेञ्ज रहेको छ ।
दर्जनौं गीतहरुमा स्वर भरिसकेका खड्काको स्वर रहेको यस गीतलाई युट्युव तथा टिकटकमा धेरै दर्शकहरुले रुचाएका छन् । गीतमा एउटा प्रेमी, प्रेमीकाबिचको मायालाई शब्द र संगितमार्फत व्यक्त गर्न खोजिएको छ । सियोन श्रेष्ठले निर्देशन गरेको सार्वजनिक यस गीतलाई अनिल रानाले सम्पादन गरेका छन् । यस गीतको भिडियो ओएसआर डिजिटलको अफिसिएल युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।