• गृहपृष्ठ
  • नेपालमा गोप्रो हिरोटेन ब्ल्याक क्यामरा सार्वजनिक, येस्ता छन् फिचरहरू

नेपालमा गोप्रो हिरोटेन ब्ल्याक क्यामरा सार्वजनिक, येस्ता छन् फिचरहरू

Sep 18th, 2021

काठमाडौ, असोज २

आइसफल टेक्नोलोजिजले नेपाली बजारमा गोप्रो हिरो टेन ब्ल्याक एक्सन क्यामरा सार्वजनिक गरेको छ । हिरो नाइन ब्ल्याकको सफलतापछि कम्पनीले हिरो टेन ब्ल्याक ल्याएको हो ।

जिपिटू प्रोसेसरमा आधारित यो क्यामरा छिटो र प्रयोग गर्न सहज रहेको कम्पनीले जानकारी दिएको छ । यो क्यामराले प्रति सेकेन्ड ६० फ्रेम सम्म ५.३ केको उत्कृष्ट गुणस्तरको भिडियो खिच्न सक्छ । साथै यो क्यामराबाट २३ मेगापिक्सलको तस्बिर लिन सकिन्छ ।

हिरो टेन ब्ल्याक क्यामरामा हाइपरस्मुथ ४.० स्टेबलाइजेसन फिचर छ, जसबाट भिडियो स्टेबल गर्न सकिन्छ । वाटरप्रुफ डिजाइन उत्कृष्ट र टिका उसमेत छ । धेरै अपग्रेड भएर आएको यो क्यामरा नेपालमा पनि रुचाइने कम्पनीको विश्वास छ ।

सन् २०१० मा स्थापना भएको आइसफल टेक्नोलोजिज गोप्रोका लागि नेपालको एक मात्र आधिकारिक बितरक हो । नयाँ सुविधाहरु को कारणले गोप्रो हिरो टेन ब्ल्याकअन्य एक्सन क्यामरा भन्दा अलग र अझ राम्रो भएको हुनाले साईकल तथा मोटरसाइकल यात्री, पर्वतारोही, व्लगर्स र अन्य श्रीजनात्मक ब्यक्तित्वहरुले मनमोहक दृश्यकैद गर्न उपयुक्त रहेको छ ।
फिचरहरू :
जिपिटू प्रोसेसर – दुइ गुणा बढीको स्पिड
हाइपरस्मुथ ४.०
२३ मेगापिक्सल सेन्सर
६० फ्रेम प्रति सेकेन्डको दरमा ५.३ के भिडियो
१२० फ्रेम प्रति सेकेन्डको दरमा फोरके भिडियो
३३ फिटसम्म वाटरप्रुफ