• गृहपृष्ठ
  • महालक्ष्मी मा.वि.को ७५ औं वार्षिक उत्सव तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न , विद्यार्थीहरुको विशेष सूरक्षा गरिने : अध्यक्ष श्रेष्ठ

महालक्ष्मी मा.वि.को ७५ औं वार्षिक उत्सव तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न , विद्यार्थीहरुको विशेष सूरक्षा गरिने : अध्यक्ष श्रेष्ठ

Sep 18th, 2021

ललितपुर ,२ असोज

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ८ रहेको महालक्ष्मी मा. वि. ले आफ्नो ७५ औं वार्षिक उत्सव तथा पुस्तक विमोचन कार्यत्रम सम्पन गरेको छ । महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । वार्षिक उत्सव कार्यक्रमा बोल्दै मेयर श्रेष्ठले अब आधारभूत, सामुदायिक, नीजी विद्यालयहरुले उद्यमशिल शिक्षा तिर पढी पठन पाठनमा जोड दिनु पर्ने बताउदै आफूले त्यस्ता शिक्षालाई महालक्ष्मी नगरपालिकाले सक्दो सहयोग गर्ने बताए ।

वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि गोविन्द श्रेष्ठले अब यस महालक्ष्मी मा. वि. मा अध्यन गर्ने पढाउनेका अभिभावकका छोरा छोरीहरुलाई विहान ८ः३० देखि बेलुका ५ः३० सम्म विद्यालयले सूरक्षाको जिम्मा लिने हुँदा अभिभावकलाई ढुक्क संग बढी काम गर्ने वातावरण मिल्ने र विद्यार्थीहरुका अभिभावकहरुको बढी काम गरी आय आर्जनमा समेत टेवा पुग्ने आर्थिक सम्बृद्धि तिर देश लाग्ने हुँदा यस विद्यालयले सन् २०८० साल सम्म विद्यार्थीको संख्या हजार पुग्ने दावी गरे ।

महालक्ष्मी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष विश्वराज श्रेष्डले विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक सुधारका लागि आफूले सहयोग गर्ने बताए । वार्षिक उत्सव कार्यक्रममा महालक्ष्मी नगरपालिकाका शिक्षा शाखा प्रमुख चिरञ्जीवी पौडेल लगायत विद्यालयका संस्थापकका परिवार, पूर्व संचालक समितिका अध्यक्षहरु, पूर्व प्रधानअध्यापकहरु, शिक्षक, शिक्षिका विद्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।