• गृहपृष्ठ
  • किरणको स्वर, गोपालको शब्दमा ‘एकै छिन’ सार्वजनिक (हेर्नुस् भिडियाे)

किरणको स्वर, गोपालको शब्दमा ‘एकै छिन’ सार्वजनिक (हेर्नुस् भिडियाे)

Sep 18th, 2021

काठमाडौ, असोज २

भ्वाईस अफ नेपाल सिजन ३ विजेता गायक किरण गजमेर र लोकप्रिय गायिका मेलिना राईको युगल गायनमा रहेको ’एकै छिन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेमी प्रेमिकाले एक अर्कालाई देख्न भेट्न नपाउदाको छटपटी, निराशालाई गीतमा व्यक्त गरिएको छ। अमेरिकाको ओहायो निवासी गीतकार गोपाल लोहारको यस गीतमा शब्द रहेको छ । वरिष्ठ संगीतकार वसन्त सापकोटाले संगीतवद्द गरेको यस गीतलाई विषम आचार्यले संगीत संयोजन गरेका हुन् ।

ललितपुरको गोदावरीमा छायांकन भएको भिडियोमा प्रभात पाल ठकुरी र कविता न्यौपाने बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ । श्याम तामाङ्गले छायांकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्। भिमा लोहार निर्मात्री रहेको यस भिडियोलाई काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो ।

यसअघि गायक किरण गजमेर संगको सहकार्यमा यहि टिमले तयार पारेको ’किन मायामा’ दर्शक स्रोता माझ लोकप्रिय छ । गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो । निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ ।