• गृहपृष्ठ
  • थप एक हजार ५५८ जनामा कोरोना सङ्क्रमण, १३५१ जना डिस्चार्ज, १० को मृत्यु

थप एक हजार ५५८ जनामा कोरोना सङ्क्रमण, १३५१ जना डिस्चार्ज, १० को मृत्यु

Sep 17th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, १ असोज

शुक्रवार थप एक हजार ५५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १२ हजार ३८५ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ८३ हजार ७५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२ हजार ३८५ जनाको परीक्षण भएको छ । हालसम्म ४० लाख ७७ हजार २५६ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १३५१ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा १३५१ जनाले कोरोना जितेका छन् ।

यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या सात लाख ४६ हजार ५६६ पुगेको छ ।

थप १० को मृत्यु

पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १२ पुगेको छ।