• गृहपृष्ठ
  • प्रतिमाको ‘भन्देउ हजुर’मा निरुता र दिनेश(भिडियो सहित)

प्रतिमाको ‘भन्देउ हजुर’मा निरुता र दिनेश(भिडियो सहित)

Sep 16th, 2021

काठमाडौ, भदौ ३१

गायिका प्रतिमा केसीको नयाँ गीत ‘भन्देउ हजुर’ सार्वजनिक भएको हो । ‘भन्देउ हजुर’ को भिडियो आहा टिभी युट्युब च्यानलबाट सर्वाजनिक भएको हो । गीतमा प्रतिमालाई राग पौडेलले साथ दिएका छन् । सिएल शर्माको संगीत रहेको गीतमा संजीव बरालीले एरेन्ज गरेका छन् ।

गायिका प्रतिमाको यो दोस्रो गीत हो । यसअघि उनले प्रविण बेडवालसँग ‘माया लाइसक्यो’ गीत ल्याएकी थिइन् । प्रतिमाका ‘आमा’, लजाएर लुकी लुकी’,‘रिम झिम’, ‘उड्ने पिलेन’ गीत बजारमा ल्याउने तयारीमा छिन् ।

सिर्जन बरालले निर्देशन गरेको गीतको भिडियोमा चर्चित मोडल निरुता शाही र जिबी चिरनले फिचरिङ गरेका छन् । उनीहरुलाई निदेश कठायत र दीपक सापकोटाले पनि सथा दिएका छन् । भिडियो दिनेश रजालीले खिचेका हुन् भने सम्पादन अमृत चापागाईंले गरेका हुन् ।