७६ अंकले घट्यो नेप्से

Sep 16th, 2021

काठमाडौ, भदौ ३१

नेप्से आज ७६ अंकले घटेको छ । आज नेप्से ७६ दसमलव ६५ अंकले घटेर २८ सय १२ दसमलव ३८ अंकमा झरेकोमा सेन्सिटिभ पनि १२ दसमलव ७३ अंकले घटेर पाँच सय २५ दसमलव ७८ अंकमा पुुगेको छ । दुई सय २९ वटा कम्पनीहरुको एक लाख १३ हजार आठ सय सात पटकको कारोवारमा एक करोड ६४ लाख ६८ हजार पाँच सय आठ कित्ता सेयर कारोवार हुंदा कुल कारोवार रकम नौ अर्ब तीन करोड ३९ लाख छ सय २३ रुपैयाँमा सिमित हुन पुुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा आज १३ वटै समुहको सुुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ४१ दसमलव १४ अंकले घटेर एक हजार नौ सय सात दसमलव ५५ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि एक सय ३७ दसमलव ७९ अंकले घटेर तीन हजार दुई सय ३८ दसमलव ९७ अंकमा पुुगेको छ । यसबाहेक बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा मनकामना स्मार्ट लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।