अब सक्किगोनी पनि आफ्नै युट्युवमा

Sep 16th, 2021

काठमाडौ, भदौ ३१

चर्चित हाँस्य टेलिसिरियल सक्किगोनी अन्ततः आफ्नै युट्युव च्यानल मार्फत आउने भएको छ । यस अघि युट्युव राइटस् ओ एस आर डिजिटलले लिएको थियो । ओएसआर संगको सम्झौता अवधी सकिएको र नयाँ सम्झौता नभएको कारण सक्किगोनीको आफ्नै युट्युव च्यानल जेपिटी जिग्री पाँडे टिम क्रिएसन अफिसियलबाट सार्वजनिक हुने भएको हो । अब विहिबार राती ८ बजे हिमालयन टेलिभिजन र ९ बजे जेपिटी क्रियसन अफिसियलबाट आउने भएको छ ।

ओएस आर डिजिटलसँगको ५२ भाग प्रसारणको सम्झौता मिति सकिएकाले अब आफ्नै युट्युवबाट प्रसारण गर्ने निर्णय गरिएको सक्किगोनीका कलाकार तथा निर्देशक कुमार कट्टेल जिग्रीले जानकारी दिए । ओएसआरसँग ५२ भागसम्मको सम्झौता थियो तैपनि ६० भाग प्रसारण भइसकेको छ । अब हाम्रो आफ्नै च्यानलमा ल्याउने निर्णय गरेका हौं। जिग्रीले जेपिटी क्रियसन अफिसियलबाट आउनुको कारण खुलाए ।

लामो समय देखि सक्किगोनी जस्तो सिरियल आफ्नै आधिकारिक युट्युव च्यानलबाट आउँनुपर्ने शुभचिन्तकहरुको माग थियो । जिग्रीका अनुसार भविष्यमा कुनै युट्युव च्यानलसंग डिजिटिल राइटस् को सम्झौता नभएको खण्डमा जेपिटी क्रियसन बाटै आउने स्पष्ट पारे । आफ्नै आधिकारीक युट्युव च्यानल मार्फत आउने भएपछि आफूहरु थप हौसला र चुनौतीको रुपमा काम गर्न अगाडि बढेको टिमको भनाई रहेको छ ।

पछिल्लो समयमा सिर्जना गर्ने सर्जकहरुको स्वामित्वमा सञ्चालित युट्युव मार्फत धेरै सिरियलहरु आउने क्रम सुरु भईसकेको भएता पनि सक्किगोनी भने अन्य युट्युव मार्फत आइरहेको थियो ।