एकै दिन ४० अंकले घट्यो नेप्से

Sep 15th, 2021

काठमाडौ, भदौ ३०

नेप्से उच्च अंकले घटेको छ । आज बुुधबार नेप्से ४० दसमलव २६ अंकले घटेर दुुई हजार आठ सय ८९ दसमलव तीन अंकमा पुग्दा सेन्सिटिभ पनि सात दसमलव १६ अंकले घटेर पाँच सय ३८ दसमलव ५० अंकमा झरेको छ । आज दुई सय २२ वटा कम्पनीहरुको ७५ हजार आठ सय ९५ पटकको कारोवारमा एक करोड पाँच लाख ५७ हजार आठ सय ६६ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम पाँच अर्ब ३५ करोड ८० लाख ९७ हजार दुुई सय ५१ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा आज १३ वटै समुहको सुचक घटेर नेप्से रातै देखिएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २० दसमलव ७४ अंकले घटेर एक हजार नौ सय ४८ दसमलव ६० अंकमा झरेकोमा जलबिद्युुत समुहको सुचक पनि ७२ दसमलव ८१ अंकले घटेर तीन हजार तीन सय ७६ दसमलव ९५ अंकमा झरेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा मनकामना स्र्माट लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा सानिमा लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।