नेप्से सुचक तथा कारोवार रकम दुबै घट्यो

Sep 14th, 2021

काठमाडौ, भदौ २९

नेप्से सुचक तथा कारोवार रकम दुबै घटेको छ । साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्से १८ दसमलव ५४ अंकले घटेर दुुई हजार नौ सय २९ दसमलव २८ पुग्दा सेन्सिटिभ पनि तीन दसमलव २१ अंकले घटेर पाँच सय ४५ दसमलव ६६ अंकमा पुुगेको छ । दुई सय २२ वटा कम्पनीहरुको ५९ हजार आठ सय ५४ पटकको कारोवारमा एक करोड छ लाख ३९ हजार आठ सय २६ कित्ता सेयर किनबेच किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम पाँच अर्ब १९ करोड ५२ लाख ९५ हजार चार सय ४३ रुपैयाँ पुुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा आज १३ वटै समुहको सुचक घटेर नेप्से राताम्मै भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दसमलव एक अंकले घटेर एक हजार नौ सय ६९ दसमलव ३४ अंकमा पुगेको छ भने जलबिद्युुत समुहको सुचक पनि ३० दसमलव ८३ अंकले घटेर तीन हजार चार सय ४९ दसमलव ७५ अंकमा पुुगेको छ । यस बाहेक बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि घटेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा मनकामना स्मार्ट लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा राष्ट्रिय बीमा कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।