शुन्य दसमलव २७ अंकले बढ्यो नेप्से

Sep 13th, 2021

काठमाडौ, भदौ २८

नेप्से शुन्य दसमलव २७ अंकले बढेको छ । आज सोमबार नेप्से शुन्य दसमलव २७ अंकले बढेर दुई हजार नौ सय ४७ दसमलव ६९ अंकमा पुग्दा सेन्सिटिभ शुन्य दसमलव ५५ अंकले बढेर पाँच सय ४८ दसमलव ८६ अंकमा पुुगेको छ । दुई सय २६ वटा कम्पनीहरुको ९३ हजार दुुई सय १८ पटकको कारोवारमा एक करोड ५६ लाख ८१ हजार एक सय ८४ कित्ता सेयर किनबेच भएकोछ छ भने सेयर कारोवार रकम नौ अर्ब २९ करोड पाँच लाख ५४ हजार एक सय ५५ रुपैयाँ पुगेको छ ।

१३ वटा समुहको कारोवार भएकोमा आज कमाउने र गुमाउने समुह लगभग बराबर जस्तै देखिएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १६ दसमलव ८१ अंकले बढेर एक हजार नौ सय ७३ दसमलव १८ अंकमा पुग्दा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन र फाईनान्स समुहहरुको सुचक पनि बढेकाछन । जलबिद्युुत समुुहको सुचक भने ९० दसमलव ५६ अंकले घटेर तीन हजार चार सय ८० दसमलव ९३ अंकमा पुग्दा लघुुबित्त, उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा अजोड इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा कालिका पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।