• गृहपृष्ठ
  • नेप्सेमा हरियाली , सामुहिक लगानी कोष बाहेक सबै समुहले कमाए

नेप्सेमा हरियाली , सामुहिक लगानी कोष बाहेक सबै समुहले कमाए

Sep 12th, 2021

काठमाडौ, भदौ २७

नेप्सेमा हरियाली छाएको छ । आज आईतबार नेप्से एकै दिन ७१ दसमलव ४३ अंकले बढेर दुई हजार नौ सय ४७ दसमलव ४२ अंकमा पुग्दा सेन्सिटिभ १३ दसमलव तीन अंकले बढेर पाँच सय ४८ दसमलव २९ अंकमा पुुगेको छ । दुई सय ३१ वटा कम्पनीहरुको ९६ हजार पाँच सय ९१ पटकको कारोवारमा एक करोड ७१ लाख तीन सय ३३ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम नौं अर्ब ४४ करोड ३५ हजार दुई सय ४४ रुपैयाँ पुुगेको छ ।

आज १३ वटा समुहको कारोवार भएकोमा आज सामुुहिक लगानी कोष समुहरुको सुचक घटेर बाँकी समुहरुको सुचक उच्च अंकले बढेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २४ दसमलव दुई अंकले बढेर १९ सय ५६ दसमलव ४३ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि एक सय १४ दसमलव ९७ अंकले बढेर दुुई हजार नौ सय ३२ दसमलव ९० अंकमा चढेको छ । यि बाहेक बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त र लगानी समुहरुको सुचक पनि बढेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा अरुण कावेली कम्पनी पहिलो स्थानमा परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा सिटिजन्स म्युचुअल फण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।