‘अस्तित्वको लडाईं’ को शुभ मुहत

Sep 10th, 2021

काठमाडौ, भदौ २५
गोबिन्द गौतमको निर्देशनमा बन्ने चलचित्र ‘अस्तित्वको लडाईं’ को शुभ मुहर्त गरिएको छ । मकवानपुर जिल्लाको चैनपुर राक्सिराङ भनें ठाउँमा चलचित्रको एक समारोह बीच मुहर्त गरिएको हो । चलचित्रको कथा पनि निर्देशकले नै लेखेका हुन् । चेपाङ्ग समुदायको कथामा बन्न लागेको चलचित्रको दशैं तिहार पछि बाट छायाँकन सुरु हुने कार्यकारी निर्माता सुवास काफ्लेले बताए ।

सरिता ढुंगाना निर्माता रहेको चलचित्र नेपाल चेपाङ्ग समाजले निर्माण गर्न लागेको हो । प्रशान्त तामाङ, सुनिल थापा, सम्पदा बानियाँ चलचित्रका लागि अनुबन्धित भई सकेकाछन् भने अन्य कलाकारहरु छनोटको क्रममा रहेकाछन् । राम शरण कोइराला चलचित्रका एसोसियट निर्देशक हुन् । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द निर्देशन रहनेछ । चलचित्रमा समाबेश हुने गीत छनोट कार्य पनि हुँदै रहेको काफ्लेले जानकारी दिए ।