• गृहपृष्ठ
  • चांगन, हुवावे र सी. ए. टी. एलसंग संयुक्त साझेदारीमा नयाँ मध्यम आकारको विद्युतीय एस. यू. वि सार्वजनिक गर्दे

चांगन, हुवावे र सी. ए. टी. एलसंग संयुक्त साझेदारीमा नयाँ मध्यम आकारको विद्युतीय एस. यू. वि सार्वजनिक गर्दे

Sep 9th, 2021

काठमाडौ, भदौ २४

चीनको अग्रणी सवारी निर्माता चांगन अटोमोबाइलले हुवावे र सी.ए.टी.एल संगको संंयुक्त साझेदारीमा “अविता” नामक एक उच्चस्तरीय विद्युतीय सवारी साधनको नयाँ ब्रान्ड सार्वजनिक गर्दै छ । यस ब्रान्डको पहिलो गाडीको नमुनालाई “अविता ई ११” नाम दिईएको छ ।

तीन भित्र उद्योगमा उच्चतम विशेषता हासिल गरेका कम्पनीहरुको एक संयुक्त साझेदारीमा अविता ई ११ गाडीको विकास भएको हो । यो ब्रान्डको गाडीहरुमा, उच्चस्तरीय बौद्धिक विद्युतीय सञ्जालको प्रयोग हुनेछ, जुन चांगन, हुवावे र सी.य.टी.एलको संयुक्त सहकार्यबाट सम्भव भएको हो । यो सञ्जाललाई “सी.यच.यन” नाम दिईएको छ, जुन तीन कम्पनीको नामहरु बाट संक्षेप्त गरिएको हो (चांगनको “सी”, हुवावेको “यच” र निन्देशिदै सी.ए.टी.एलको “यन”) अविताई ११ मा चांगनको उच्चस्तरीय उद्योग सामग्री प्रयोग गरी उत्पादन गरिएको छ भने, हुवावेले यस गाडीको पूर्ण स्ट्याक स्मार्ट कार समाधान र सी.ए.टी.एलले ब्याट्रीको प्रविधिको उत्पादन गरेका छन् । यो गाडीको नमुनालाई एक मध्यम आकारको विद्युतीय एस.यू.विको दर्जा दिईएको छ ।