पुन ६० अंकले घट्यो नेप्से

Sep 8th, 2021

काठमाडौ, भदौ २३

नेप्से आज पनि घटेको छ । आज बुधबार नेप्से ६० दसमलव दुई अंकले घटेर दुुई हजार आठ सय ७६ दसमलव ५९ अंकमा पुग्दा सेन्सिटिभ पनि ११ दसमलव ९१ अंकले घटेर पाँच सय ३६ दसमलव ५१ अंकमा पुुगेको छ । दुुई सय २५ वटा कम्पनीहरुको ७४ हजार आठ सय ९० पटकको कारोवारमा एक करोड ६१ लाख ४८ हजार छ सय ५२ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम छ अर्ब ६४ करोड ६६ लाख २३ हजार चार सय २७ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुुंदा आज सबै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३१ दसमलव ९६ अंकले घटेर एक हजार नौ सय ३३ दसमलव ६६ अंकमा पुग्दा जलबिद्युुत समुहको सुचक पनि ५३ दसमलव ३५ अंकले घटेर तीन हजार दुई सय ९१ दसमलव ९१ अंकमा पुुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा शुुर्या लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा लाईफ इन्स्योरन्स कर्पोरेसन नेपाल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज युनाईटेड मोदी हाईड्रो पावर कम्पनी परेको छ ।