• गृहपृष्ठ
  • विद्यालय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा

विद्यालय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा

Sep 8th, 2021

काठमाडौ, भदौ २३

देश विकासको निम्ति शिक्षा अनिवार्य र अपरिहार्य छ । शिक्षा विकासको मेरुदण्ड र विकासको पूवार्धार हो । देशलाई आवश्यक पर्ने असल, योग्य, सक्षम जनशक्ति उत्पादनमा टेवा पुर्याउन आर्थिक सामाजिक साँस्कृतिक एवं पूवार्धार विकासका लागि आवश्यक जनशक्ति उत्पादन गरी आर्थिक सम्वृद्धि, सुशासन, विकास र दिगो शान्तिको लक्ष्य हासिल गराइ सम्वृद्ध नेपाल, सुखी नेपालीको अठोटलाई पूरा गर्न रोजगारउन्मूख सीप विकास उद्यमशिलताको विकास तथा आर्थिक रुपान्तरणमा सहयोग गरी मूलुकको समग्र विकासमा प्राविधिक तथा व्यवसायिक शिक्षाको भूमिका महत्वपूर्ण रहन्छ ।

आर्थिक, सामाजिक रुपान्तरणको संकल्पलाई सफल बनाउन विद्यालय तह देखि नै प्राविधिक तथा व्यावसायिक शिक्षालाई समावेश गरी अनिवार्य हुनु पर्ने कुरामा कुनै मतभेद छैन् ।

नेपालको संविधानमा व्यवस्था गरिएका शिक्षा सम्वन्धि मौलिक हकहरु आर्थिक, सामाजिक रुपान्तरणको एजेन्डा, दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धता पन्ध्रौं औं योजना सन् २०२२ सम्म अति कम विकसित बाट विकाशिल राष्ट्र बन्ने लक्ष्य तथा सन् २०३० सम्म मध्यम आय भएको राष्ट्रमा स्तरोन्नती गर्ने राष्ट्रिय संकल्पका साथ अगाडी बड्ने नीति एवं अन्तराष्ट्रिय मञ्चमा व्यक्त गरेका प्रतिवद्धताको कार्यान्वयन गर्दै प्राविधिक एवं व्यवसायिक शिक्षालाई व्यवस्थित गुणस्तरीय र कामको संसारसँग जोड्नु आजको आवश्यकता हो ।

प्राविधिक तथा व्यावसायिक शिक्षाको उद्देश्य
माध्यमिक तहमा साधारण र प्राविधिक धारको व्यवस्था गरिएको छ ।
– सैद्धान्तिक पक्ष भन्दा प्रयोगात्मक पक्षमा केन्द्रित गरी कामको संसारसँग जोड्ने ।
– व्यावसायिक सीपयुक्त जनशक्ति उत्पादन गर्ने ।
– रोजगारमूलक जनशक्ति उत्पादन गरी गरिवी न्यूनिकरण गर्ने ।
– कामकाजी शिक्षाको व्यवस्थासँगै स्थानीय पेशा व्यावसायको आकर्षण बढाउने ।
– एक स्थानीय तहमा एउटा प्राविधिक धारको विद्यालयको अवधारणा लागू गर्ने ।
स्थानीय तहको भूमिका
प्राविधिक तथा व्यावसायिक शिक्षा सम्वन्धि गर्नुपर्ने कामहरु
– शैक्षिक योजना निर्माणमा प्राविधिक तथा व्यावसायिक शिक्षालाई समावेश गरी योजना निर्माण गर्ने ।
– विद्यालयहरुको सञ्चालन अनुमतिको लागि निरीक्षण गरी प्रतिवेदन दिने ।
– विद्यालय नक्साङ्कन गरी प्राथमिकता निर्धारण गर्ने ।
– विद्यालयमा आवश्यक पर्ने जनशक्ति व्यवस्थापन लगाएत शिक्षक व्यवस्थापनका आवश्यक सहयोग पर्याउने ।
– भौतिक पूर्वाधारको विश्लेषण गरी कार्यक्रम सञ्चालनका लागि सहयोग र सल्लाह प्रदान गर्ने ।
– विद्यालयमा भएको लगानी अनुरुपको प्रतिफल विश्लेषण गर्ने ।
– नियमित अनुगमन निरीक्षण गरी पृष्ठपोषण दिने ।
– अन्य तोकिएका कामहरु गर्ने । advt.