• गृहपृष्ठ
  • साक्षरता र समावेशी शिक्षा, अन्तराष्ट्रिय साक्षरता दिवस २०७८ को आदर्श वाक्य : “मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता ; प्रविधि प्रयोगको असमानतामा न्यूनता ।”

साक्षरता र समावेशी शिक्षा, अन्तराष्ट्रिय साक्षरता दिवस २०७८ को आदर्श वाक्य : “मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता ; प्रविधि प्रयोगको असमानतामा न्यूनता ।”

Sep 8th, 2021

काठमाडौ, भदौ २३

नेपालको शैक्षिक इतिहासलाई फर्केर हेर्दा २००७ मा राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनालाई महत्वका साथ हेरिन्छ । प्रजातन्त्रको स्थापना सँगै नेपालमा सर्वसाधारणका लागि शिक्षाको भएको पहुँचमा विस्तार भए पाइन्छ । २००७ सालमा नेपालको साक्षरता दर २ प्रतिशत थियो । २००४ सालमा अनौपचारिक शिक्षाका माध्यमबाट साक्षरता शिक्षाको शुरुवात भएको पाइन्छ । विशेष शिक्षाको सन्दर्भलाई हेर्दा २०२१ सालमा लेवोरेटरी स्कूलमा दृष्टिविहीन बालबालिकालाई पठनपाठनको शूरुवातसँगै भएको हो ।

नेपालको साक्षरता बृद्दिमा औपचारिक र अनौपचारिक दुबै किसिमको शिक्षाको योगदान रहेको छ । मूलुकमा सबै नागरिकको शिक्षामा पहुँच अभिवृद्दि हुनसकेमा मात्र साक्षरता दरमा पनि बढोत्तरी हुन्छ ।शिक्षालाई आधारभूत मानव अधिकारको रुपमा परिभाषित गर्दै आएको वर्तमान परिप्रेक्ष्यमा सबै बर्ग, लिङ्ग, जातजाति, भौगोलिक क्षेत्र लगायत विभिन्न शारीरिक तथा मानसिक क्षमता भएका व्यक्तिहरुको शिक्षामा सहज, सर्वसुलभ, र समतामूलक पहुँच सुनिश्चत गर्नु राज्यको अहम् दायित्वको रुपमा स्वीकार गरी नेपालको संविधान २०७२ ले शिक्षालाई मौलिक अधिकारको रुपमा स्थापित गरेको छ ।राज्यले औपचारिक शिक्षामा गरेको लगानीले औपचारिक शिक्षाको ढोका सम्म पहुँच नभएका र उमेर र अवस्था आदिका कारण साक्षरसम्म हुन नसकेका व्यक्तिलाई अनुकुल अवस्था सिर्जना गर्न अवश्यक छ ।वर्तमान सन्दर्भमा समावेशी शिक्षाले परिस्थितिजन्य कठिनाइ वा अवस्थाका कारण सृजित विभेदयूक्त शैक्षिक वातावरणको अन्त्य र समतामूलक शैक्षिक वातावरणको सृजना गरी शैक्षिक अवसरको सुनिश्चिततामा विशेष जोड दिदै आएको छ ।

औपचारिक शिक्षामा पनि एउटा महत्वपूर्ण पाटो अपाङ्गता भएका नागरिकको शिक्षा हो । अनुकुल सिकाइ वातावरण सृजना गर्न सके उनीहरुको सिकाइमा सहयोग पुग्न सक्द्छ। अवसर पाएमा सबैले सिक्न सक्छन् भन्ने मान्यतामा समावेशी शिक्षाले विश्वास राख्द्छ ।यसै कुरालाई मध्यनजर गरी सबैकालागि सिकाइ अवसर सृजना गर्न सके साक्षरतामा वृद्दि हुन जान्छ । आज देशभर ८१,२७,१८३ बालकालिकाहरु नियमित शैक्षिक पद्दतिमा जोडिदा ६५,७१८ जना अपाङ्गता रहेका बालबालिका समेतको संख्या समावेश छ ।

मुलुकको साक्षरतामा यो संख्यालाई उल्लेख्य मान्नु पर्दछ । देशभर संचालित पैतिसहजार भन्दा बढि विद्यालयहरु भित्र ३३ वटा विशेष २३ वटा एकिकृत र ३८० वटा स्रोत कक्षा विद्यालय संचालनमा छन् । यसको अतिरिक्त गैससबाट समेत यस्ता कार्यक्रम संचालित छन् । यिनले प्रत्येक्षरुपमा साक्षरताबृद्दिमा योगदान गरेको छ भने अपाङ्गता भएको कारण विद्यालय बाहिर रहेका र विद्यालय उमेर पार गरेका व्यक्तिकालागि दैनिक जीवनसीप र व्यवसायिक सीपसँग समेत जोड्ने काम भइरहेका छन् । यसले पनि साक्षरतामा टेवा पुगेको छ । यस अर्थमा आजको बदलिदो परिवेशसँगै साक्षरताको परिभाषामा पनि पुनर्विचार गर्ने बेला भएको छ ।

अक्षर चिनाइबाट अलि माथि उठेर दैनिक जीवनसीप , पूर्वव्वसायिक एवं व्यवसायिक सीप र प्रविधिको प्रयोग गर्ने सीप समेतलाई साक्षरतासँग जोड्न सके आज एउटा ठूलो संख्या साक्षरहरुको कूल संख्यामा थपिन पुग्छ । उदाहरणका लागि एकजना वौद्दिक अपाङ्गता भएको व्यक्तिले निरन्तरको अभ्यास पछि आफ्ना दैनिक क्रियाकलाप आफैं गर्न सक्नुलाई साक्षर मान्ने कि नमान्ने ? यसरी हेर्दा अपाङ्गता भएका व्यक्तिका लागि शिक्षामा भएको व्यवस्थाले नेपालको साक्षरतामा महत्वपूर्ण योगदान पुगेको छ । नेपालको कूल जनसंख्या २,६४,९४,५०४ मध्ये अपाङ्गता भएका व्यक्तिको संख्या ५,१३,३२१ रहेको छ । यस मध्ये शैक्षिक कार्यक्रममा जोडिएका र दैनिक जीवनसीप सिकेका समेतको तथ्यांक एकिन गर्दा नेपालको साक्षरतामा अपाङ्गता समावेशी शिक्षाको उल्लेखनीय योगदान रहेको प्रष्ट हुन आउछ ।advt.