नेप्सेमा आजपनि ४४ अंकको पहिरो

Sep 7th, 2021

काठमाडौ, भदौ २२

नेप्से आज पनि घटेको छ । आज मंगलबार नेप्से ४४ दसमलव १८ अंकले घटेर दुई हजार नौ सय ३६ दसमलव ६० अंकमा पुुग्दा सेन्सिटिभ पनि पाँच दसमलव पाँच अंकले घटेर पाँच सय ४८ दसमलव ३५ अंकमा झरेको छ । आज दुुई सय २२ वटा कम्पनीहरुको ८६ हजार पाँच सय आठ वटा कम्पनीहरुको एक करोड ५० लाख ८२ हजार ८१ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम सात अर्ब ४९ करोड ५८ लाख १२ हजार एक सय ६१ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा अन्य र सामुहिक लगानी कोष समुहरुको सुचक बढेर बाँकी ११ वटा समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ३३ दसमलव ४९ अंकले घटेर एक हजार नौ सय ६५ दसमलव ३० अंकमा झरेकोमा जलबिद्युुत समुहको सुचक पनि ५१ दसमलव पाँच अंकले घटेर तीन हजार तीन सय ४५ दसमलव २६ अंकमा झरेको छ । आज निर्जिवन बीमा समुहको सुचक पनि दुई सय ९० दसमलव २३ अंकले घटेर १३ हजार तीन सय ३० दसमलव १८ अंकमा झरेकोमा बिकास बैंक, फाईनान्स, जीवन बीमा, टे«डिङ, होटल तथा पयर्टन, उत्पादनमुलक, लघुबित्त र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा परेको शुुर्या लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा आरएमडिसी लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने युनाईटेड मोदी हाईड्रो पावर कम्पनी परेको छ ।