• गृहपृष्ठ
  • सामसङका कन्भर्टिबल ५ इन १ इन्भर्टर एसि नेपाली बजारमा प्रस्तुत

सामसङका कन्भर्टिबल ५ इन १ इन्भर्टर एसि नेपाली बजारमा प्रस्तुत

Sep 7th, 2021

काठमाडौ, भदौ २२

नेपालको विश्वासिलो कन्ज्युमर इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै आफ्नो २०२१ रेन्ज अन्तर्गत कन्भर्टिबल ५ इन १ एयर कन्डिसनर प्रस्तुत गरेको छ । कन्भर्टिबल ५ इन १ मा इन्भर्टर ए सिको साथ यान्टी डस्ट तथा ब्याक्टेरियल प्रोटेक्टरको साथ डिजिटल इन्भर्टर प्रविधिको प्रयोग गरिएको छ । नयाँ रेन्जको एयर कन्डिसनरले स्वच्छ हावा, कमविजुलीखपत, सहजएवं कस्टमाइज कुलिङ्गतथा हिटिङ्ग जस्ता मोडहरुले सम्पूर्ण परिवारका आवश्यकताहरुलाई सहजै परिपूर्ति गर्ने छन् । नयाँ रेन्जको यो एसिमा सामसङ्गले डिजिटल इन्भर्टर कम्प्रेसरमा १० वर्षतथाकपर कन्डेन्सर एवं पि सि बिमा १ वर्षको डुराबिलिटिको प्रतिबद्धता प्रदान गरेको छ । सबै मोडेल्सहरु आर ३२ ग्यास तथा ग्यारेन्टी कोरोसनकपर कन्डेन्सर भएकाछन् ।

“एसि कुनै मौसममा आधारित उत्पादन रहेनन् । आजभोलि घरबाटै काम गर्ने र पढाइ गर्ने चलन रहदा व्यक्तिहरुका लागि स्वच्छ र सफा हा वा अपरिहार्य हो साथै टिकाउ र कम विजुली खपत आजका ग्राहकका प्रमुख प्राथमिकता हुन् । हामीले ग्राहकहरुलाई प्रमुख केन्द्रमा राख्दै उत्पादनहरु प्रस्तुत गर्दै आइरहेका छौंं र हाम्रो नयाँ एसिले स्वास्थ्य तथा श्वच्छतालाई प्राथमिकतामा राखेको छ र यो कन्भर्टिबल ५ इन १, इन्भर्टर ए सिले ग्राहकको आवश्यकता अनुसार इनर्जी इफिसियन्सी प्रदान गर्दछ । हामीलाई विश्वास छ यो नयाँएसिले नेपाली बजारमा आफ्नो स्थान सहजै स्थापितगर्ने छ” कन्ज्युमर इलेक्ट्रोनिक्स बिजिनेस, सामसङ नेपालका डिजिएम आलोक कुमार गुप्ताले बताउनु भयो ।

कन्भर्टिबल ५ इन १, इन्भर्टर एसिमाइजि फिल्टर प्लस बाहिरमाथि पट्टी राखिएको छ, जसले गर्दा सहजै फिल्टर झिकेर सफागर्न सकिन्छ । यसमा भएको ४ वे कुलिङ्ग टेक्नोलोजीले कोठाका हरेक कुनासम्म उत्तिकै चिसो बनाउन सक्छ । यसमा भएका पाँच विभिन्न मोडलहरुले ४० प्रतिसतदेखि १२०० प्रतिसतसम्ममा कोठाको वातावरण अनुकूल कस्टमाइज्ड अपरेशन गर्न सकिने छ । यसमा भएका पार्टी मोड (१२० प्रतिसत), नोर्मल मोड (१०० प्रतिसत ), प्लेजान्ट मोड (८० प्रतिसत), इको मोड (६० प्रतिसत), होम अलोन मोड (४० प्रतिसत )जस्ता विकल्पहरुले विना झन्झट कोठा अनुकुल कम्फर्टेबल बातावरण बनाउन सक्दछ र कम बिजुली खपत गर्दछ ।

यसको डिजाइनले ग्राहकको लाइफस्टाइलसँग मेल खाने गरी सफाएवं प्रिमियम लुक्स प्रदान गर्ने छ । अ‍ेराइजसिरिजस्पोर्ट प्रिमियम ह्वाइट डिजाइनमा छ । यसमा अझै ठूलो फ्यानतथा वाइड ब्लेडको प्रयोग गरिएको छ, जसले गर्दा अझै चाडै कुलिङ्गहुन सक्छ । यसको स्लीम डिजाइन एवं ठूलो डिस्प्लेले आजको आधुनिक घरमा थप सौन्दर्यता प्रदान गर्दछ । यसमा भएका अन्य विशेषताहरुमा स्मार्ट इन्स्टलेसन हो, सेल्फ डाइग्नोसिस फिचर, ट्रिपल प्रोटेक्टर प्लस, तथा भोल्टेज फ्लकटुएसन प्रोटेक्टर जस्ता सुविधाहरु पनि विद्यमान रहेकाछन् ।

मूल्य तथा उपलब्धता

सामसङका एसिहरु १ टन तथा २ टन गरी दुइ किसिमका रहेका छन् । यी नयाँ एसिहरुको सुरुवाती मूल्य ८९ हजार नौ सय ९० रुपैयाँ देखि रहेको छ । यी एसिहरु हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारको आधिकारिक व्यापारिक बितरक नेटवर्क मार्फत् सहजै खरिद गर्न सकिन्छ । सामसङले यी एसिहरुको खरिदमा विभिन्न आकर्षक योजनाहरु जस्तै सहज किस्तावन्दीको विकल्पमा नेपाल अधिराज्यभर रहेका सामसङ स्मार्ट प्लाजाहरुबाट यीएसिहरु खरिद गर्न सकिनेछ । एवं निःशुल्क जडानको सेवा पनि नेपाल अधिराज्यभर प्रदान गरेको छ ।