एकै दिन एक सय ६१ अंकले बढ्यो नेप्से

Sep 6th, 2021

काठमाडौ, भदौ २१

नेप्से उच्च अंकले बढेको छ । आज सोमबार नेप्से भने एक सय ६१ दसमलव ९४ अंकले बढेर दुई हजार नौ सय ८० दसमलव ७८ अंकमा पुुग्दा सेन्सिटिभ इन्डेक्स पनि ३१ दसमलव ४१ अंकले बढेर पाँच सय ५३ दसमलव ४० अंकमा पुुगेको छ । आज दुुई सय २४ वटा कम्पनीहरुको एक लाख नौ हजार एक सय ८२ पटकको कारोवारमा एक करोड ७९ लाख २२ हजार पाँच सय ८८ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम नौ अर्ब ८२ करोड ६२ लाख २२ हजार आठ सय सात रुपैयाँ पुुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा १३ वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको देखिएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुुचक ७८ दसमलव दुई अंकले बढेर एक हजार नौ सय ९८ दसमलव ८० अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि दुुई सय ८३ दसमलव पाँच अंकले बढेर तीन हजार तीन सय ९६ दसमलव ७६ अंकमा चढेको छ । फाईनान्स समुहको सुचक पनि दुुई सय ५६ दसमलव २२ अंकले बढेर तीन हजार दसमलव ८६ अंकमा चढेकोमा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादमुलक, अन्य, लघुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीह्रुको सुचीमा नेशनल हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।