नेप्से राताम्मै

Sep 5th, 2021

काठमाडौं, भदौ २०

नेप्से राताम्मै देखिएको छ । आज आईतबार नेप्से एकै दिन एक सय आठ दसमलव २६ अंकले घटेर दुई हजार आठ सय १८ दसमलव ७२ अंकमा झरेकोमा सेन्सिटिभ पनि १९ दसमलव ७६ अंकले घटेर पाँच सय २२ दसमलव एक अंकमा झरेको छ । दुई सय २३ वटा कम्पनीहरुको एक लाख २९ हजार एक सय ४२ पटकको कारोवारमा दुई करोड ३० लाख ७९ हजार आठ सय ३२ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम ११ अर्ब २४ करोड तीन लाख ९१ हजार ४५ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा सबै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ४४ दसमलव ५१ अंकले घटेर एक हजार नौ सय १९ दसमलव ७८ अंकमा पुग्दा जलबिद्युुत समुहको सुचक दुुई सय १६ दसमलव ९५ अंकले घटेर तीन हजार एक सय १३ दसमलव ३७ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि दुुई सय ३९ दसमलव आठ अंकले घटेर दुुई हजार सात सय ४४ दसमलव ८५ अंकमा पुुग्दा बिकास बैक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि उच्च अंकले घटेको छ ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा शुर्या लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा जानकी फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।