एकै दिन ५० अंकले घट्यो नेप्से

Sep 2nd, 2021

काठमाडौ, भदौ १७

नेप्से उच्च अंकले घटेको छ । नेप्से आज बिहिबार एकै दिन ५० दसमलव १३ अंकले घटेर दुई हजार नौ सय २६ दसमलव ८९ अंकमा पुग्दा सेन्सिटिभ आठ दसमलव नौ अंकले घटेर पाँच सय ४१ दसमलव ७७ अंकमा पुुगेको छ । दुई सय ३० वटा कम्पनीहरुको एक लाख पाँच हजार सात सय ७५ पटकको कारोवारमा एक करोड ८१ लाख नौ हजार नौ सय ६७ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम नौ अर्ब ५० करोड ५९ लाख ७० हजार आठ सय २२ रुपैयाँ पुुगेको छ ।

आज १३ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक घटेर नेप्से राताम्मै भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १६ दसमलव ४३ अंकले घटेर एक हजार नौ सय ६४ दसमलव ११ अंकमा पुुगेकोमा जलबिद्युुत समुहको सुचक पनि एक सय १६ दसमलव ७८ अंकले घटेर तीन हजार तीन सय ३० दसमलव ३२ अंकमा पुुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि घटेकाछन ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा शुर्या लाईफ इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।