झण्डै दुई अंकले बढ्यो नेप्से

Sep 1st, 2021

काठमाडौं, भदौ १६
नेप्से झण्डै दुई अंकले बढेको छ । अघिल्लो दिन उच्च अंंकले घटेको नेप्से आज बुुधबार एक दसमलव १८ अंकले बढेर २९ सय ७७ दसमलव दुई अंकमा पुुगेको छ भने सेन्सिटिभ शुन्य दसमलव १६ अंकले बढेर पाँच सय ५० दसमलव ६९ अंकमा पुगेको छ । दुुई सय २६ वटा कम्पनीहरुको एक लाख चार हजार तीन सय ४२ पटकको कारोवारमा एक करोड ७१ लाख ८२ हजार आठ सय ७१ कित्ता सेयर किनबेच हुुंदा आज कारोवार रकम नौ अर्ब ३५ करोड १७ लाख ९९ हजार छ सय ५४ रुपैयाँ ६५ पैसा पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा आठ वटा समुहको सुचक घटेकाछन भने पाँच वटा समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दसमलव २३ अंकले बढेर १९ सय ८० दसमलव ४३ अंकमा चढेकोमा होटल तथा पर्यटन, जीवन बीमा, लगानी र टे«डिङ समुहको सुचक पनि बढेकाछन । बिकास बैंक समुहको सुचक भने ४१ दसमलव ९४ अंकले घटेर पाँच हजार छ सय ५९ दसमलव दुई अंकमा झरेकोमा फाईनान्स, जलबिद्युत, निर्जिवन बीमा, उत्पादनमुलक, लघुुबित्त, सामुुहिक लगानी कोष र अन्य समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा रुरु जलबिद्युुत कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा सनराईज फष्र्ट म्युचुअल फण्ड परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।