• गृहपृष्ठ
  • ‘नागरिक सेवालाई प्रहरीले सर्वोपरी ठान्नुपर्छ’

‘नागरिक सेवालाई प्रहरीले सर्वोपरी ठान्नुपर्छ’

Aug 31st, 2021

सप्तरी, १५ भदौ /रासस

प्रदेश नं २ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश रञ्जितकारले नागरिक सेवालाई प्रहरीले सर्वोपरी ठान्नुपर्ने बताउनुभएको छ । प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुर सम्पर्क कार्यालय, राजविराजमा सञ्चालित ‘प्रहरी जवान आधारभूत तालिमको आज राजविराजमा आयोजित दीक्षान्त समारोहमा सम्बोधन गर्नुहुँदै उहाँले समाजले खोजेको असल पात्रका रुपमा प्रहरीले सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा उहाँले विभिन्न विधामा उत्कृष्ठ प्रशिक्षार्थीलाई पुरस्कार तथा दज्र्यानी चिन्ह प्रदान गर्नुभएको थियो । गत मङ्सिर ३ गतेबाट सञ्चालित उक्त तालिममा २०३ सहभागी भएकामा नौ प्रशिक्षार्थीको तालिम रद्द भएको थियो । तालिममा ५४ ‘क’ श्रेणीमा र १४० ‘ख’ श्रेणीमा उत्तीर्ण भएका जानकारी दिइएको थियो ।

समारोहमा तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकालले प्रशिक्षार्थीलाई शपथ ग्रहण गराउनुभयो । प्रहरीलाई व्यावसायिक एवं प्रभावकारी ढङ्गबाट कर्तव्य निर्वाह गर्न आवश्यकपर्ने ज्ञान, सीप र कला प्रदान गर्न प्रशिक्षार्थीलाई २३४ कार्यदिन तालिम प्रदान गरिएको थियो ।