एकै दिन ६९ अंकले घट्यो नेप्से

Aug 31st, 2021

काठमाडौ, भदौ १५

नेप्से उच्च अंकले घटेको छ । आज मंगलबार नेप्से ६९ दसमलव पाँच अंकले घटेर दुुई हजार नौ सय ७५ दसमलव ८४ अंकमा पुग्दा सेन्सिटिभ पनि १२ दसमलव ३४ अंकले घटेर पाँच सय ५० दसमलव ५२ अंकमा झरेको छ । दुुई सय २७ वटा कम्पनीहरुको एक लाख ३० हजार सात सय ७४ पटकको कारोवारमा दुुई करोड ३१ लाख नौ हजार सात सय १३ कित्ता सेयर किनबेच भएकाछन भने कुल सेयर कारोवार रकम १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार एक सय सात रुपैयाँ पुुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा सबै समुृहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक २२ दसमलव ९९ अंकले घटेर एक हजार नौ सय ७२ दसमलव १९ अंकमा झरेकोमा जलबिद्युुत समुहको सुचक पनि एक सय २४ दसमलव २७ अंकले घटेर तीन हजार चार सय ६८ दसमलव ११ अंकमा झरेको छ । यसैगरी फाईनान्स समुहको सुचक पनि एक सय एक दसमलव ४८ अंकले घटेर तीन हजार एक सय ९० दसमलव छ अंकमा झरेकोमा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा कर्णाली बिकास बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा रुरु जलबिद्युुत आयोजना परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।