• गृहपृष्ठ
  • पहिलो कारोवार दिन नै ४९ अंकले घट्यो नेप्से

पहिलो कारोवार दिन नै ४९ अंकले घट्यो नेप्से

Aug 29th, 2021

काठमाडौं, भदौ १३

नेप्से पहिलो कारोवार दिन नै ४९ दसमलव १८ अंकले घटेर तीन हजार ४४ दसमलव ८६ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ पनि आठ दसमलव ५७ अंकले घटेर पाँच सय ६२ दसमलव ८८ अंकमा झरेको छ । आज दुुई सय २७ वटा कम्पनीहरुको एक लाख ५९ हजार एक सय ३७ पटकको कारोवारमा दुुई करोड ४८ लाख ८८ हजार तीन सय १३ कित्ता सेयर किनबेच हुंदा कारोवार रकम १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार पाँच सय पाँच रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा फाईनान्स समुहको सुचक सामान्य अंकले बढेपनि बाँकी १२ वटा समुहको सुचक उच्च अंकले घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३० दसमलव पाँच अंकले घटेर १९ सय ९५ दसमलव दुुई अंकमा झरकेमा जलबिद्युुत समुहको सुचक पनि ८९ दसमलव २६ अंकले घटेर तीन हजार पाँच सय ९३ दसमलव ५६ अंकमा झरेको छ । यसैगरी बिकास बैंक, निर्जिवन बीमा, लघुुबित्त, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा नारायणी डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने रुरु जलबिद्युुत परियोजना परेको छ । यसैगरी आज बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।