• गृहपृष्ठ
  • नेप्सेमा उच्च बृद्धि तर कमाउने भन्दा गुमाउने समुह धेरै

नेप्सेमा उच्च बृद्धि तर कमाउने भन्दा गुमाउने समुह धेरै

Aug 26th, 2021

काठमाडौ, भदौ १०

आज बिहिबार नेप्से उच्च अंकले बढेपनि आज कमाउने भन्दा गुमाउने समुह धेरै देखिएकाछन । नेप्से १७ दसमलव छ अंकले बढेर तीन हजार ९४ दसमलव पाँच अंकमा पुुग्दा सेन्सिटिभ तीन दसमलव चार अंकले बढेर पाँच सय ७१ दसमलव ३९ अंकमा चढेको छ । दुुई सय ३२ वटा कम्पनीहरुको एक लाख ३० हजार नौ सय ३८ पटकको कारोवारमा दुुई करोड १६ लाख ९० हजार पाँच सय ८५ कित्ता सेयर खरिद बिक्री भएको छ भने आज कुुल सेयर कारोवार रकम १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार सात सय ९२ रुपैयाँ पुुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा आज आठ वटा समुहको सुुचक घटेर पाँच वटा समुहको सुचक बढेकाछन । सो मध्ये बाँँणिज्य बैंक समुहको सुचक सात दसमलव ५९ अंकले घटेर दुुई हजार २४ दसमलव ७५ अंकमा पुुगेको छ भने निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, उत्पादनमुलक, अन्य, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि उच्च अंकले घटेकाछन । बिकास बैंक समुहको सुचक भने आज दुई सय ४१ दसमलव ६५ अंकले बढेर पाँच हजार नौ सय ६५ दसमलव २५ अंकमा पुग्दा जलबिद्युुत, फाईनान्स, लघुबित्त र होटल तथा पर्यटन समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीह्रुको सुचीमा गुडविल फार्ईनान्सको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।