• गृहपृष्ठ
  • पुर्ण र लक्ष्मी फिचर्ड ‘भुलिदेउ’ सार्वजनिक(भिडियो हेर्नुहोस)

पुर्ण र लक्ष्मी फिचर्ड ‘भुलिदेउ’ सार्वजनिक(भिडियो हेर्नुहोस)

Aug 26th, 2021

काठमाडौ, भदौ १०

अमेरिकामा व्यवसाय संगै अभिनयमा सक्रिय पुर्ण लम्साल र अभिनयमा पहिलोपटक डेब्यु गरेकी लक्ष्मी ओली फिचर्ड प्रेमिल शैलीको नयाँ म्युजिक भिडियो ‘भुलिदेउ’ सार्वजनिक भएको छ ।
यो गीतमा स्वर संगीत गायक हिमाल सागरको रहेको छ भने शब्द रोहन पौडेल ’जनक’को रहेको छ । गीतलाई महेश्वर मान राजभण्डारीले संगीत संयोजन गरेका हुन् ।

अमेरिकामा नै सम्पूर्ण छायांकन भएको म्युजिक भिडियोमा शैलेश घलेको छायांकन र बिष्णु खड्काले सम्पादन रहेको छ । बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो । पी एण्ड एच प्रोडक्शन’ मार्फत भिडियो सार्वजनिक गरिएको हो ।