• गृहपृष्ठ
  • मध्यपुरको ऐतिहासिक नीलबाराही नाच (फोटाे फिचर)

मध्यपुरको ऐतिहासिक नीलबाराही नाच (फोटाे फिचर)

Aug 26th, 2021

काठमाडौँ, १० भदौ

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी बीच मध्यपुर थिमि बोडेमा प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टदेखि नाचिने ऐतिहासिक नीलबाराही नाच प्रस्तुत गर्दै देवगण ।

गाईजात्राको भोलिपल्टदेखि चार दिनसम्म प्रत्येक राति १० बजेदेखि बिहान करिब ८ बजेसम्म बोडेको लाछिटोल, लायकू, भांगु, खाँसी, महालक्ष्मीस्थानलगायतका ठाउँमा यो नाच देखाइन्छ । यो नाचमा भैरव एक, बाराही चार, गणेश चार, कुमारी चार, सिंह चार र द्वारपाल दुुई गरी १९ देवगण रहन्छन् ।

हेर्नुस् तस्बिरहरु :

तस्बिर : रत्न श्रेष्ठ/रासस