• गृहपृष्ठ
  • नेप्सेमा उच्च अंकले गिरावट, कमाउने भन्दा गुमाउने समुह धेरै

नेप्सेमा उच्च अंकले गिरावट, कमाउने भन्दा गुमाउने समुह धेरै

Aug 24th, 2021

काठमाडौ, भदौ ८

नेप्से उच्च अंकले घटेको छ । आज मंगलबार नेप्से ५६ दसमलव तीन अंकले घटेर तीन हजार एक सय २४ दसमलव ८७ अंकमा झरेकोमा सेन्सिटिभ पनि १२ दसमलव ८१ अंकले घटेर पाँच सय ७७ दसमलव ६६ अंकमा झरेको छ । आज दुुई सय २५ वटा कम्पनीहरुको एक लाख ५६ हजार नौ सय १३ पटकको कारोवारमा दुुई करोड ५३ लाख १६ हजार आठ सय पाँच कित्ता सेयर किनबेच भएको छ भने सेयर कारोवार रकम १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० रुपैयाँ पुगेको छ ।

नेप्सेमा १३ वटा समुहको कारोवार हुंदा आज दुई वटा समुहको सुचक बढेकाछन भने ११ वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १९ दसमलव ८२ अंकले घटेर दुई हजार ६१ दसमलव ८१ अंकमा पुग्दा बिकास बैंक समुहको सुचक पनि दुुई सय ४३ दसमलव ८९ अंकले घटेर पाँच हजार आठ सय ८९ दसमलव १९ अंकमा पुुगेको छ । जलबिद्युुत, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन । फाईनान्स र निर्जिवन बीमा समुहको सुचक भने बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा गोेर्खाज फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा जोशी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ ।