• गृहपृष्ठ
  • पाँच बर्षिय गायिका मेरिना जिम्बाले गाएकी ‘स्याटरडे’ बोलको गीत सार्वजनिक(भिडियो हेर्नुहोस)

पाँच बर्षिय गायिका मेरिना जिम्बाले गाएकी ‘स्याटरडे’ बोलको गीत सार्वजनिक(भिडियो हेर्नुहोस)

Aug 22nd, 2021

काठमाडौ, भदौ ६

पाँच बर्षिय गायिका मेरिना जिम्बाले गाएकी ’स्याटरडे’ बोलको गीत बजारमा आएको छ । उक्त गीत सेवा फिल्मसबाट बजारमा ल्याएको हो ।

कर्साङ लामाले संगीत संयोजन गरेको उक्त गीतलाई बाबु जिम्बाले शब्द र संगीत गरेका हुन भने भिडियोलाई निर्देशन समेत गरेकाछन । मेरिना बाबु जिम्बाकी छोरी हुन । लकडाउन र कोरोना महामारिमा बालबालिकालाई मनोरन्जन दिलाउने हेतुले गीत बजारमा ल्याएको बाबु जिम्बाले बताए ।
उक्त गीतको भिडियोमा रिहाना वाइबा र मेरिना जिम्बालाई प्रमुख भूमिकामा देख्न सकिन्छ । रिहाना आठ बर्षिय बालिका हुुन । आदम घिसिङले कोरियोग्राफी गरेको भिडियोलाई आशिष जिम्बाले छायांकन गरेका हुन ।