• गृहपृष्ठ
  • नेप्सेले बनायो नयाँ रेर्कड , एकैदिन २१ अंर्ब भन्दा बढीको सेयर कारोवार

नेप्सेले बनायो नयाँ रेर्कड , एकैदिन २१ अंर्ब भन्दा बढीको सेयर कारोवार

Aug 18th, 2021

काठमाडौं, भदौ २

नेप्सेले नयाँ रेकर्ड बनाएको छ । आज बुुधबार नेप्से सुचक तथा कारोवार रकम दुबै नै उच्च अंकले बढेकाछन । नेप्से आज ३८ दसमलव २८ अंकले बढेर तीन हजार एक सय ९८ दसमलव ६० अंकमा पुग्दा सेन्सिटिभ चार दसमलव ८३ अंकले बढेर पाँच सय ९८ दसमलव ११ अंकमा चढेको छ । आज दुुई सय २८ वटा कम्पनीहरुको एक लाख ८८ हजार चार सय ५४ पटकको कारोवारमा तीन करोड ६५ लाख नौ हजार सात सय ५१ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार दुई सय ६९ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा १३ वटा समुहको कारोवार हुंदा आज टे«डिङ र सामुहिक लगानी कोष समुहले गुमाएकाछन भने बाँकी समुहले कमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १६ दसमलव ४२ अंकले बढेर २१ दसमलव २५ अंकमा चढेको छ भने जलबिद्युुत समुहको सुचक पनि ५१ दसमलव ४८ अंकले बढेर तीन हजार आठ सय ६४ दसमलव ४४ अंकमा चढेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पयर्टन, उत्पादनमुलक, अन्य, लघुबित्त र लगानी समुहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा शिवम सिमेन्ट परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा सिद्धार्थ बैंकको ऋणपत्र परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा भने नेशनल हाईड्रो पावर कम्पनी परेको छ ।